घुस लिएको अभियोगमा मुद्दा

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खुर्द खजुरा बाँकेमा कार्यरत इन्चार्ज प्रहरी नायब निरीक्षक लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेशबहादुर द्वाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार साबिक निजी जग्गामा रहेको आँपको काठ चिरान गर्न लैजाने प्रयोजनका लागि सेवाग्राहीसँग १३ हजार घुस लिएको आरोप लागेको छ । आयोगले बिगोअनुसारको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?