चाइनिज कम्पनी हुवावेलाई अर्को झट्का : ‘फाइभ जी’को प्रयोगमा रोक

काटमाडौं । चीनको कम्पनी हुवावेलाई बेलायत सरकारले सोमवार झट्का दिएको छ ।

सरकारले आदेश दिँदै स्थानीय टेलिकम कम्पनीलाई फाइभ जी किटको प्रयोग नगर्न आदेश दिएको हो ।

साथै यो भन्दा पहिला जोडिएका हुवावे उपकरणलाई २०२७ सम्म निकाल्न पनि आदेश दिएको छ । यो घोषणा संसद डिबेटभन्दा पहिला गरिएको हो ।

जहाँ नयाँ टेलिकम नियमको चर्चा हुँदैछ । सरकारले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै यस्तो आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?