बैंकको सिस्टम ह्याक गरी लाखौँ रकम निकाल्ने कार्यमा संलग्न एक पक्राउ

काठमाडौं । कृषि विकास बैंकको सूचनाप्रणाली ह्याक गरी पैसा चोरी गर्ने कार्यमा संलग्न एकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ रुविभ्याली घर भएका खम्ब घले रहेका छन् ।

कृषि विकास बैंकको मुख्य कार्यालय र शाखा कार्यालय न्यूरोड काठमाडौंबाट विभिन्न व्यक्तिहरुको खातामा रहेको रकम अनाधिकृत रुपमा चोरि गरेको आरोपमा घलेलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

२०७६ असोज ७ गते कृषि विकासको न्यूरोड शाखाबाट सुनिता श्रेष्ठको खाताबाट ४९ लाख ५० हजारबाट ९ लाख ५० हजार, श्रवण कुमार श्रेष्ठको खाताबाट २० लाख निकाल्नका लागि बैंकमा चेक पेश गरेको भएको भन्दै महाशाखाले आंशका गरेको थियो । बैंकको विभिन्न मितिमा आपराधिक समुहले रकमान्तर गरेको पत्ता लागेपछि महाशाखाको टोलीले अनुसन्धान थालेको र एक समूहलाई उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो ।

त्यसक्रममा सुनिता श्रेष्ठ, श्रवण कुमार श्रेष्ठ र शुभशंकर पन्जालाई पक्राउ गरी कारबाहीको लागि महाशाखा पठाइएको प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए ।

त्यस्तै घलेलाई भने आइतवार काठमाडौं स्वयम्भूबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालत पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?