चन्द्रागिरी हिल्सको आइपीओमा स्थानीयले कसरी आवेदन दिने ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको जारी पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ मध्ये २% अर्थात ३ करोड ६ लाख ८१ हजार ९ सय रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित दरको ३ लाख ६ हजार ८ सय १९ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका लागि बिक्री खुला गरेको छ ।

काठमाण्डौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७ (साविक थानकोट गा.वि.स. का सम्पूर्ण वडाहरु तथा साविक महादेवस्थान गा.वि.स.का वडा नं. ३,४, ५, ६, ७ र ८ मात्र) एवं मकवानपुर जिल्ला अन्तर्गत थाहा नगरपालिका वडा नं. ९ र १० (साविक चित्लाङ्घ गा.वि.स. का सम्पूर्ण वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा न. ५ (साविक फाखेल गा.वि.स.का सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरुको लागि निष्काशन गरिएको छ ।

बाँकी १०% अर्थात १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित दरको १५ लाख ३४ हजार ९१ कित्ता सर्वासाधारणका लागि निष्काशन हुनेछ जसमध्ये ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता साधारण शेयर सामुहिक लगानी कोष र ४ प्रतिशत अर्थात ६१,३६४ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता धितोपत्र सर्वसाधारणका लागि निष्कासन गरिने छ । वातावरणीय प्रभाव मूल्याङ्कन र पूरक वातावरणीय मूल्याङ्कन प्रतिवेदनमा भएको विवरणको आधारमा आयोजना प्रभावित क्षेत्र छुट्टाइएको हो ।

स्थानीय बासिन्दाहरुको निष्कासन तथा बिक्री खुल्ला गरिदा निम्नानुसारका संकलन केन्द्रहरुबाट दरखास्त बुझिलिने व्यवस्था मिलाइएको छ :

१ चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय चन्द्रागिरी न.पा., वडा नं.४, थानकोट, काठमाण्डांै ।

२. बैंक अफ काठमाण्डू लिमिटेड, ईन्द्रसरोवर गा.पा. २, कुलेखानी, मकवानपुर ।

३. सेञ्चुरी कमर्सियल बैंक लिमिटेड, थाहा न.पा वडा नं. ३, बज्रवाराही, मकवानपुर ।

४. ग्लोबल आइएमई बैंक लिमिटेड, चन्द्रागिरी न.पा वडा नं. ४, इमाखेल, काठमाण्डौं ।

५. ग्लोबल आइएमई बैंक लिमिटेड, चन्द्रागिरी न.पा वडा नं. ७, थानकोट, काठमाण्डौं ।

आवश्यकता अनुसार विवरणपत्रको स्वीकृित पश्चात पनि अन्य संकलन केन्द्रहरु थप गर्न सकिने जानकारी दिएको छ । साथै नेपाल धितोपत्र बोर्डबाट मिति २०७५/१०/०७ को निर्देशन बमोजिम आयोजना प्रभावित क्षेत्रका स्थानियवासीहरुले ऐच्छिक रुपमा आस्वा प्रणाली मार्फत पनि आवेदन दिन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?