नेपालमा थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमण मुक्त, कति थपिए संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ३१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५०८ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

अहिलेसम्म नेपालमा १७ लाख ३७ हजार ७४७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५३५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?