नेपालमा कोरोना : मृतक संख्या १५ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिलल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) को कारण थप २९ जनाको ज्यान गएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि आइतवार नेपालमा कोरोनाबाट २५ जनाको मृत्यु भएको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ९३१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

अहिलेसम्म नेपालमा १७ लाख ३७ हजार ७४७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५३५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?