२०७७, १५ मङ्सिर सोमवार १६:२९

आज थपिए १४ सय भन्दा धेरै कोरोना संक्रमित, थप २९ जनाको मृत्यु


प्रकाशित मिति : २०७७, १५ मङ्सिर सोमवार १६:२९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५०८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ९३१ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

अहिलेसम्म नेपालमा १७ लाख ३७ हजार ७४७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५३५ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस