इंग्ल्याण्डले जित्यो टी-२० सीरीज : दक्षिण अफ्रिका ४ विकेटले पराजित

काठमाडौं । बोल्याण्ड पार्क स्टेडियममा खेलिएको दोश्रो टी-२० मा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ ।

यसका साथै इंग्ल्याण्ले ३ म्याचको सीरीजमा २० को अग्रता लिएको छ । डेविड मलानले ५५ रनको पारी खेलेका थिए । टी-२० को अन्तिम सीरीज १ डिसेम्बरमा केप टाउनमा हुनेछ ।

पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४६ रनको टार्गेट दिएको थियो । जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?