सोमवार पनि शेयर बजार डेढ प्रतिशतले उकालो लाग्यो, झन्डै ९ अर्बको कारोबार

काठमाडौं ।  केहि दिनदेखि शेयर बजार बढ्ने क्रममा रहेको छ । सोमवार पनि शेयर बजार दोहोरो अंकको वृद्धि देखिएको छ । सोमवार शेयर बजार परिसूचक नेप्से २८.७९ अंकले बढेर १९९७.०६ अंकमा बन्द भएको छ । प्रि ओपेनिङ्ग सेसनमा २ हजारको विन्दु पार गरेको परिसूचक अन्त्यमा १.४६ प्रतिशतको वृद्धिसँगै बन्द भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स १.६३ अंकले बढेर ३८५.५७ अंकको विन्दुमा सोमवारको बजार बन्द भएको छ । करिब डेढ प्रतिशतले बढेको बजारमा ४ समूहको परिसूचक भने घटेका छन् । बाँकि ९ समूहको परिसूचक भने उकालो लागेका छन् ।

सोमवार विकास बैंक समूहको परिसूचक सर्वाधिक २.०८ प्रतिशतले घटेको छ भने म्यूचल फन्ड समूहको परिसूचक १.१० प्रतिशतले घटेको छ । बैंकिङ र वित्त समूहको परिसूचक भने १ प्रतिशत भन्दा थोरैले घटेको छ ।

बढेर बन्दहुने समूहमध्ये जिवन बीमा समूहको परिसूचक सर्वाधिक ७.३४ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक ६.६१ प्रतिशतले बढेको छ । सोमवार जलविद्युत समूहको परिसूच्क पनि ५.९३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा र अन्य समूहको परिसूचक २ प्रतिशत भन्दा धेरैले बढेको छ । बाँकि उत्पादन तथा प्रशोधन र लघुवीत्त समूहको परिसूचक १ प्रतिशत भन्दा धेरैले बढेको छ ।

सोमवार नेपाल लाईफ इन्स्योरेन्सको सर्वाधिक ३८ करोड ४८ लाख ८६ हजार ७ सय ७२ रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल पूनर्बीमा कम्पनीको ३७ करोड ३४ लाख ११ हजार १ सय ९ रुपैयाँ बराबरको कारोबार भएको छ । शेयर संख्याका आधारमा भने सिटिजन्स् म्यूचल फन्ड १ अग्र स्थानमा रहेको छ । उक्त कम्पनीको १८ लाख ८६ हजार ५ सय ५० कित्ता शेयरको खरिद बिक्री भएको छ । कारोबार संख्याका आधारमा भने प्रभु बैंक लिमिटेडको सर्वाधिक ३ हजार ४ सय ३ पटक कारोबार भएको छ ।

१.४६ प्रतिशतले बढेको बजारमा ९ कम्पनीको शेयर मूल्य ९ प्रतिशतले बढेको छ जसमा युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमवार बढेको बजारमा विशाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घटेको छ । दोस्रोमा बोटल्रस नेपाल तराईको शेयर मूल्य ५.४२ प्रतिशतले घटेको छ ।

सोमवार १ सय ९८ कम्पनीको ८३ हजार ५ सय ६८ पटकको कारोबारमा २ करोड ५१ लाख ९१ हजार ३ सय १९ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६ सय ८१ रुपैयाँ ९४ पैसा बराबरको कारोबार भएको छ ।

सोमवार कारोबारमा आएका कम्पनी मध्ये ११० कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?