२१ जेष्ठ २०८०, आईतवार

तासको खालबाट वडा सदस्य सहित ७ पक्राउ

२०७४,आश्विन,१४,शनिवार ०४:०५

0
Shares

उदयपुर १४ असोज — उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रबाट तास खेलिरहेको अवस्थामा वडा सदस्य सहित सात जना पक्राउ परेका छन ।त्रियुगा नगरपालिका वडा नंं ११ स्थित होटल ए वान एलम्बरबाट शुक्रबार राती त्रियुगा नगरपालिका वडा नं. ११ का सदस्य विष्णु कुमार श्रेष्ठ सहित सात जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टको कमाण्डमा खटि गएको प्रहरी टोलीले सर्च गर्ने क्रममा पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ११ बस्ने बर्ष ४० को दुर्गा ब. श्रेष्ठ, बर्ष ४० को शुरेश पराजुली, बर्ष ४१ को राजु तुलाधर, बर्ष २६ को अरबिन खत्री, बर्ष ३८ को हिराकाजी राई, बर्ष ३६ को प्रमोद पोखरेल रहेका छन । पक्राउ परेका वडा सदस्य नेकपा एमालेबाट विजयी भएका हुन् ।होटलको तेस्रो तल्लामा हो हल्ला गरि तास खेलिरहेको अबस्थामा ५२ पत्ती तास र एक लाख ५६ हजार ४ सय ८५ नगद समेत बरामद गरेको छ । यसअघि प्रहरीको सेटिङमा उक्त होटलमा जुवा तास खेलाईने गरेको सर्वसाधरणले आरोप लगाएका छन् । यस अघिका प्रहरी प्रमुख नरबहादुर केसीको सेटिङमा जुवा तास खेलाईने गरेको थियो । उदयपुरमा प्रहरी प्रमुख परिवर्तनभएसँगै लागूऔषध, जुवातास, सार्वजनिक अपराधका घटनाहरुमा संलग्नहरु कानुनी दायरामा आएका छन् ।त्रियुगा नगरपालिका वडा नं. ११ ले जुवा तास रहित दशै मनाउनको लागि अभियान नै संचालन गरेको थियो ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार ०४:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१