अब प्रधानमन्त्री ओली टिकटकमा, के छ पहिलो भिडियोमा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सामाजिक सञ्जालमा सक्रिय भएका छन् ।

प्रधानमन्त्री ओलीको नामबाट टिकटक अकाउन्ट सञ्चालनमा ल्याइएको छ ।

प्रधानमन्त्री ओलीको @kpsharmaoli_official नामक अकाउन्ट सञ्चालनमा ल्याएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले पहिलेदेखि नै सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा रहेका छन् । प्रधानमन्त्री ओलीका धारणाहरु लोकप्रिय बनेको भन्दै टिकटकको माध्यमबाट बाहिर ल्याउन लागिएको बताइएको छ ।

उक्त अकाउन्टबाट पोष्ट भएको पहिलो भिडियोमा एकलाख भ्यूज कटेको छ । साथै टिकटकले समेत प्रधानमन्त्रीको अकाउन्ट भेरिफाई गरिसकेको छ ।

नयाँ पुस्तामा सर्वाधिक लोकप्रिय बनेको टिकटक सचिवालयले नै छलफल गरेर नै सञ्चालनमा ल्याइएको सचिवालयले जनाएको छ ।

टिकटकमा अपलोड गरिएको पहिलो भिडियोमा प्रधानमन्त्री ओलीले भनेका छन्, “मालपोत, विद्युत महशुल, आन्तरिक राजश्व, भन्सार महशुल, सवारी चालक अनुमति पत्र र नविकरणजस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकिकृत सूचना प्रणालीमा आवद्ध गराउने प्रक्रिया शुरु भैसकेको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मुख्य आधार बनाउने गरी कामसमेत अगाडी बढाएको छ ।”

@kpsharmaoli_official

We are working on service integration digitalnepal

♬ original sound – We support Nepal – KP Sharma Oli

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?