दिपक बिष्ट कोरोना संक्रमण मुक्त

काठमाडौं । तेक्वान्दो खेलाडी दिपक बिष्ट कोरोना संक्रमण मुक्त भएका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष समेत रहेका दिपकले सोमवार आफु कोरोनाबाट मुक्त भएको बताएका छन् ।

दिपकले सामाजिक सञ्जाल फेसबुकमार्फत १४ दिनको आईसोलेसनपछि कोरोनाबाट मुक्त भएको बताएका हुन् ।

उनले भनेका छन्  “१४ दिनको होम आईशोलेसन पछी कोरोनामुक्त भइयो ।कोरोनामाथि जित सम्भव छ । कोरोनाको कुनै औषधी बनिनसकेको छैन । त्यसकारण यसबाट मुक्त हुन आफ्नो पूरा ख्याल राख्ने, नियमित व्यायम, खानपान, सकारात्मक सोच राख्नु नै यसबाट मुक्त हुने उपाय रहेको अनुभव गरे । मेरो र परिवारका अन्य सदस्यको स्वास्थ्य प्रति चासो राखेर यहाँहरुले दिनु भएको शुभेच्छाले हामी चाँडै निको भयौं । यहाँहरु सबै प्रति हामी आभारी छौं । कोरोना संक्रमणबाट जोगिनका लागि आवश्यक मापदण्ड पूरा गरौं । संक्रमण भइ हालेमा नआत्तिउ । सामाजिक दूरी कायम गरौं, मास्क को अनिवार्य प्रयोग गरौं ,साबुन पानीले हात धुने र दैनिक योगा गर्न नछोडौं ।
जय खेलकुद ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?