आईसीसी वरीयतामा नेपाल यथावत

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी-ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले आइतवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो ।
नेपाल एकदिवसीयतर्फ १६ औं र टी-ट्वान्टीतर्फ १५ औं स्थानमा रहेको छ । नेपालले एकदिवसीयमा १८ रेटिङ र टी-ट्वान्टीमा १ सय ८० रेटिङ पाएको छ ।
टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया, दोस्रो स्थानमा इंग्ल्यान्ड र तेस्रो स्थानमा भारत रहेका छन् । एकदिवसीयतर्फ शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रो स्थानमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?