९ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ

काठमाडौं । कैलालीमा ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्याल गाउँपालिका-६ नारासोती बस्ने १९ वर्षीय जिवन शाहीलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई गत असोज २५ गते साँझ आफ्नै घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने आइतवार बिहान शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?