अरुण भ्याली हाइड्रोपावरले बोलायो २३ औँ साधारण सभा

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लााभांश पारित गर्न २३ औं वार्षिक साधारण सभा बोलाएको छ । पुस ८ गते कम्पनी कार्यालय थापाथली, ट्रेड टावरको तेस्रो तलामा रहेको सभाकक्षबाट भर्चुअल माध्यममा साधारण सभा बोलाएको हो ।

कम्पनीले कोभिड महामरीका कारण सरकारले जारी गरेको सुरक्षा मापदण्डको पालना गर्नुपर्ने भएकोले भर्चअल माध्यमबाट साधारण सभा मा उपस्थित हुन आग्रह गरेको छ ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै २१ औं वार्षिक साधारण सभाले पारित गरेको १ः१ अनुपातको हकप्रद शेयर मध्ये प्रथम चरणमा काबेली बी १ क्यासकेड जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी लगानीको लागि २३ औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर ०.५ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताब पनि साधारण सभाले पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर २६ गते देखि पुस २ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार मंसिर २५ गते सम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?