माइतीघरमा राजतन्त्रको पक्षमा प्रदर्शन

काठमाडौं । पछिल्लो समय देशका विभिन्न शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शन हुन थालेका छन् ।

यसै क्रममा सोमवार दिउँसो काठमाडौंको माइतिघरमा राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ ।

राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा माईतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले राजा आउ देश बचाउँ भन्ने नारा लगाएका थिए ।

त्यस्तै सहभागीहरुले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड साथै हातमा राष्ट्रिय झण्डा समेत बोकेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?