काठमाडौं । अमेरिकी राष्ट्रपति इलेक्ट जो बाइडेन घाइते भएका छन् । उनी कुकुरसँग जिस्किने क्रममा चिप्लेर घाइते भएका हुन् ।
डाक्टरहरुले आइतवार जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा गम्भीर चोट लागेर ‘हेयरलाइन फ्र्याक्चर’ भएको केही हप्तासम्म ‘वाकिङ बुट’ आवश्यक पर्ने बताइएको छ । शनिवार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएका थिए ।
डा केभिन ओ’कोनरले आइतवार भने, ‘प्रारम्भिक एक्स रेमा फ्र्याक्चर नदेखिएपनि विस्तृत क्लिनिकल परीक्षणमा हेयरलाइन फ्र्याक्चर देखिएको थियो ।’ उनले २० जनवरीमा अमेरिकाको राष्ट्रपतिको शपथ लिँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया