२०७७, १५ मङ्सिर सोमवार १४:०७

चलचित्र ‘शुभलभ’ युट्युबमा सार्वजनिक (हेर्नुहोस पुरा चलचित्र)


प्रकाशित मिति : २०७७, १५ मङ्सिर सोमवार १४:०७

काठमाडौं । ज्योतिष हरिहर अधिकारी अभिनित चलचित्र ‘शुभलभ’ युट्युबमा सार्वजनिक गरिएको छ । गत चैत्र १५ गते सिनेमा घरमा प्रदर्शनमा आएको चलचित्र ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

चलचित्र ‘शुभलभ’ लाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् ।

चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । ‘शुभलभ’मा हरिहर अधिकारी, कृष्टिन पौडेल,सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

हेर्नुहोस पुरा चलचित्र : 

प्रतिक्रिया दिनुहोस