शूटिङका बेला ब्रेन स्ट्रोक : अभिनेता राहुल अस्पतालको आइसीयूमा

काठमाडौं । १९९० को म्यूजिकल हिट आशिकीका अभिनेता राहुल राय मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् ।

५२ वर्षका अभिनेता कारगिलमा गलवान भ्यालीको बेस्ड फिल्म एलएसीको शूटिङ ब्रेन स्टोक भएपछि अस्पताल लगिएको हो ।

उनी अहिले नानावती अस्पतालको आइसीयूमा उपचाररत छन् । उनको स्वास्थ्य दुई दिन पहिला बिग्रिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?