काठमाडौं । प्रहरीले एक महिलाको हराएको अठार तोला गरगहना र ३१ हजार ५०० फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले लैनचौरकी ५३ वर्षीय शोभा सापकोटाको यही मङ्सिर १२ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट काठमाडौं महानगरपालिका–२६ लैनचौर जाने ट्याक्सीमा हराएको गरगहना र नगद फेला पारेर आज सम्बन्धित धनीलाई बुझाइएको हो ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले विमानस्थलबाट लैनचौर आउने क्रममा हराएको उक्त गरगहना र नगद बा १ य ९६८ नंको ट्याक्सीमा फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको जानकारी दिए । प्रहरीले उक्त नगद र गरगहना टोखा नगरपालिका–२ का २८ वर्षीय दीपेश बस्नेतसँग फेला पारेर बुझाएको हो ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया