चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको अभियोगमा पक्राउ

ललितपुर । चोरीको नाटक गरी प्रहरीलाई अनावश्यक हैरानी दिएको अभियोगमा महालक्ष्मी नगरपालिका १ बस्ने कान्छी पोडेललाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सानु कान्छा पोडेलको घरबाट आइतवार दिउँसो नगद २६ लाख रुपैयाँ, २ थान सुनको सिक्री, बाला, झुम्का तथा चाँदीको पाउजु र २० तोला चाँदीको मन्दिर समेत चोरी भएको भन्ने खबर महानगरीय प्रहरी वृत्त सातदोबाटोमा प्राप्त हुनासाथ खटिएको प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गर्ने क्रममा चोरी भएको भनिएको उल्लेखित नगद तथा गहना सहितका सामानहरु घरधनी सानु कान्छाकी श्रीमती कान्छीले घरकै माथिल्लो तल्लाको पूजा कोठामा सेफभित्र लुकाएको अवस्थामा फेला पारी कान्छीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?