युनिलिभर नेपालको साधारण सभा मंगलवार हुने, कस्ता योजना पारित हुँदैछन् ?

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडको २७औँ वार्षिक साधारण सभा मंसिर १६ गते, मंगलबार हुँने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २६औं वार्षिक साधारण सभा कम्पनीको कर्पोरेट कार्यालयमा भिडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट सञ्चालन हुनेछ ।

सभामा कम्पनीको असोज ९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा कम्पनीको व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको परियोजनाहरुको खर्चहरुलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, प्रबन्ध निर्देशकको पारिश्रमिकको बारेमा जानकारी गराउने लगायतका प्रस्तावहरु पारित गरिनेछ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि कार्तिक २७ गते बुकक्लोज गरेको थियो । त्यसैले, कार्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?