पाँच दिनदेखि बेपत्ता युवकको शव फेला

दुहबी । सुनसरीको दुहबीमा १७ वर्षीय युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का सुजननारायण चौधरीको शव सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा भेटिएको हो ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार चौधरी पाँच दिनदेखि बेपत्ता थिए । कक्षा ११ मा अध्यनरत चौधरीको अपहरण गरी हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । चौधरी हराएकै दिन उनकी आमाको मोबाइलमा अज्ञात व्यक्तिले पैसा माग्दै धम्की दिएका थिए । यसो हुनुले घटनालाई थप शंकास्पद बनाएको र अपहरणको अभिप्राय व्यक्तिगत कारणले भन्दा पनि मृतकका परिवारसँग फिरौती माग्नकै लागि भएको प्रहरीको अनुमान छ ।

शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ भने घटनामा संलग्न भएको आशंमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?