हिमालयन बैंकको २० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७६ ७७ का लागि २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको ३९३ औँ सञ्चालक समितिको बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०७६ ७७ को चुक्तापूँजीबाट १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?