अस्पताल भर्ना भएका सन्दीपको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । नेपाली क्रिकेटका स्टार सन्दीप लामिछाने कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । घरमै सेल्फ आईसोलेसनमा रहेका सन्दीप आइतवार हेम्स अस्पताल भर्ना भएका हुन् ।

बिग बास क्रिकेट लिगका अष्ट्रेलिया जाने तयारीमा रहेका सन्दीप चाँडो निको हुनलाई अस्पताल भर्ना भएको उनको व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । साथै, सन्दीपको स्वास्थ्य अवस्था सामान्य रहेको समेत उनले जानकारी दिए ।

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागिता जनाउनका लागि शुक्रवार कोरोना परिक्षण (पीसीआर) गर्दा सन्दीपको रिपोर्ट पोजेटिभ आएको थियो । सन्दीप बिग बास खेल्न डिसेम्बर १५ मा त्यसतर्फ जाने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?