अब एउटै अपार्टमेन्टमा आलिया र रणबीर कपूर

काठमाडौं । बलिउड अभिनेत्री आलिया भाट र उनका प्रेमी अभिनेता रणवीर कपूरएउटै अपार्टमेन्टमा बस्ने भएका छन् ।

हालै मात्र आलियाले ३२ करोड भारतीय रुपैयाँमा एक फ्ल्याट किनेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उक्त फ्ल्याट किनेसँगै अब उनीहरु एउटै फ्ल्याटमा बस्ने भएको बताइएको छ ।

उक्त फ्ल्याट वास्तु पाली हिल कम्प्लेक्समा रहेको छ । त्यसै कम्प्लेक्सको सातौँ तलामा रणवीर कपूर पनि बस्दै आएका छन् ।

अब आलिया उक्त अपार्टमेन्टको पाचौँ तलामा बस्ने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?