अमेरिकामा कोरोनाको दोश्रो लहर : डाक्टर फाउचीले दिए चेतावनी

काठमाडौं । कोरोना भाइरसको प्रकोप अहिले सारा विश्वमा नै व्याप्त छ ।

सबैभन्दा प्रभावित देश अमेरिकामा त पछिल्लो समय प्रत्येक दिन २ लाखको हाराहारीमा संक्रमितरु थपिरहेका छन् ।

कोरोना भाइरसको संक्रमण तीव्र गतिले बढ्दै गएपछि नेशनल इन्स्टीट्यूट अफ एलर्जी एण्ड इन्फेक्शियस डिसीजका डाइरेक्टर डाक्टर एन्थोनी फाउचीले अमेरिकामा कोरोनाको दोश्रो लहरको चेतावनी दिएका छन् ।

एनबीसी न्यूज च्यानलको एक प्रोग्राममा फाउचीले अचानक केहि बदलिने अवस्था नदेखिएको बताएका छन् ।

यसैबीच अमेरिकामा २ लाख ७३ हजार ७२ जनाको मृत्यु भएको छ भने १ करोड ३७ लाख ५० हजार ४०४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८१ लाख ७ हजार २०३ जना कोरोना संक्रमण मुक्त भएका भन् भने ५३ लाख ७० हजार १२९ जना उपचाररत छन् ।

त्यस्तै २४ हजार ८२२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा १२ लाख ५४ हजार ७ जनालाई संक्रमण भएको छ भने २१ हजार ९७२ जनाको मृत्यु भएको छ । त्यस्तै क्यालिफोर्नियामा १२ लाख १७ हजार ७४१ जनालाई संक्रमण भएको छ भने १९ हजार १५२ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ९ लाख ९२ हजार ६६० जनालाई संक्रमण भएको छ भने १८ हजार ५०० जनाको मृत्यु भएको छ । अमेरिकामा आईतवार १ लाख ३८ हजार १८८ जना संक्रमित थपिएका छन् भने ८१९ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?