नेप्से परिसूचक २००० अंक माथि

काठमाडौं । केहि दिन यता शेयर बजारले दिनाँहुदिन नयाँ नयाँ किर्तिमानी बनाई रहेको छ । बुलिस ट्रेण्डमा रहेको शेयर बजारले यस साताको दोस्रोदिन सोमवार २ हजार अंकको विन्दु पार गरेको छ ।

सोमवार प्री ओपेनिङ्ग सेसनमा नेप्से परिसूचक ३१.७३ अंकले बढेपछि २ हजार बिन्दु भन्दा माथि पुगेको छ । शेयर बजार परिसूचक मापक नेप्सेको ऐतिहासिक उच्च बिन्दु पुगेको छ । प्रि ओपनिङ्ग सेसनमा नै यसअघिका सबै बिन्दु तोडिएको हो ।

यसअघि २०७३ साउन १२ गते नेप्से १८८१ बिन्दुमा पुगेको थियो । सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १.६१ प्रतिशत अर्थात ३१.७३ अंकले बढेर २ हजार अंकमाथि पुगेको छ । प्रि ओपनिङ्ग सेसनमा ५१ कम्पनीको शेयर कारोबार भएको छ ।

जसमध्ये ४४ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ । यस अवधिमा ५१ कम्पनीका ५० हजार ४८२ कित्ता शेयर १ करोड ५४ लाख लाख ६ हजार २१ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?