मेस्सीले गरे म्यारोडोनालाई गोल समर्पण !

काठमाडौं । बार्सिलोनाका स्टार एवम कप्तान लियोनेल मेस्सीले ओसासुनाविरुद्धको गोल अर्जेन्टिनी मिडफिल्डर डिएगो म्यारोडोनालाई समर्पण गरेका छन् ।

अर्जेन्टिनी टोलीका कप्तान समेत रहेका मेस्सीले ओसासुनाविरुद्ध ७३ औं मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए । मेस्सीले गोल गरेपछि खुसियाली मनाउने क्रममा आफूले भित्र लगाएको म्याराडोनाकै पुरानो जर्सी देखाएर उनलाई समर्पण गरेका थिए ।

खेलमा बार्सिलोनाले ४-० को सहज जित निकालेको थियो ।

हृदयघातका कारण गत बुधवार अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको थियो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?