काठमाडौं । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले टोटेनहमसँग बराबरी खेल खेलेको छ । आइतवार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेलेका हुन् ।
चेल्सीको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले खेलमा गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिएको थियो ।
बराबरीसँगै टोटेनहम भने लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले १० खेलमा २१ अंक जोडेको छ । शीर्ष स्थानमा उक्लने मौका पुगाएको चेल्सी भने तेस्रो स्थानमा रहेको छ ।
चेल्सीले १० खेलमा १९ अंक जोडेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया