काठमाडौं । विराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एक बिरामीको मृत्यु भएको छ । दुर्घटनामा परि एम्बुलेन्समा सवार ३ जना घाइते भएका छन् ।
गएराति विराटनगर महानगरपालिका वडा नं ४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा एम्बुलेन्स ठोक्किएको हो । प्रहरीका अनुसार दुर्घटनामा परि सप्तरीको तिलाठी कोइलाडी २ का ६५ वर्षीय नुनुलाख मण्डलको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मण्डलको उपचारको क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् ।
घाइते तीनै जनाको नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
पहिल्यैबाट दमका रोगी मण्डललाई उपचारका लागि बिराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइने क्रममा दुर्घटना भएको हो ।
दुर्घटनापश्चात एम्बुलेन्स चालक हरिनारायण यादव र लहरीका चालक पनि फरार भएका छन् ।
उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया