जापानबाट बाहिरियो सनसनीपूर्ण खबर : कोरोनाबाट भन्दा आत्महत्याबाट धेरैको मृत्यु

काठमाडौं । सारा विश्व कोरोना महामारीसँग् लडीरहेको छ । यसबाट लाखौँ मानिसहरुको मृत्यु भईसकेको छ ।

यसैबीच जापानमा एउटा यस्तो खबर बाहिरिएको छ कि, जसले सारा विश्व नै चकित बनेको छ । कोरोना महामारीले जापानमा हजार मानिसको ज्यान गएको छ । तर त्यो भन्दा धेरै आत्महत्याबाट ज्यान गएको एक रिपोर्टमा पुष्टि गरिएको छ ।

आत्महत्या गर्नेमा पुरुष भन्दा धेरै महिला रहेका छन् । रिपोर्टका अनुसार अक्टोबरमा २१ सय भन्दा धेरैले आत्महत्या गरेका छन् । जापानको सरकारी एजेन्सीले यसको पुष्टि गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?