काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले जित हात पारेको छ । आइतवार राति भएको खेलमा युनाईटेडले साउथह्याम्पटनविरुद्ध ३-२ गोल अन्तरले पराजित गरेको छ ।
खेलको २६ औं मिनेटमा जान बेडनारेकले गोल गर्दै साउथह्याम्पटनलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३३ औं मिनेटमा जेम्स वार्ड प्राउसले फ्रिकिकबाट गोल गर्दै साउथह्याम्पटन २-० को अग्रता दिलाए । खेलको ५९ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई २-१ को स्थितिमा ल्याए ।
खेलको ८४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै युनाईटेडलाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा काभानीले हेडमार्फत गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।
जितसँगै युनाईटेड प्रिमियर लिग इतिहासमा अवे खेलमा लगातार चौंथो जित निकाल्ने पहिलो क्लब बनेको छ । जितपछि युनाईटेड तालिकाको सातौं स्थानमा उक्लिएको छ । युनाईटेडले ९ खेलमा १६ अंक जोडेको छ ।
साउथह्याम्पटन १० खेलमा १७ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया