यस्ता छन् डण्डीफोर हटाउने केही सजिला उपायहरू !

काठमाडौं । युवा अवस्थामा अनुहारमा देखिने डण्डीफोरदेखि तपाई पनि खुब हैरान हुनुन्छ होला । प्रशस्त सुत्दा पनि डण्डीफोर कम हुने त मानिन्छ तर केही सजिला उपायहरूबाट डण्डीफोर नियन्त्रण गर्न सकिन्छ । विकिहाउले लेखे अनुसार दिनमा कम्तिमा तीन पटक राम्रोसँग मुख धुनुपनि डण्डीफोर घटाउने गतिलो उपाय हो ।

यस्ता छन् थप उपायहरू
– विहान, दिउँसो र वेलुकीको समयमा मनतातो पानीले राम्रोसँग मुखु हनु राम्रो हुन्छ । मुख धाएपछि सवा टावेलले पुछ्नुहोस र अनुहार सुख्खा राख्नुहोस ।

– अनुहार सुख्खा भएको बेला गतिलो क्रिम छान्नुहोस ।

– मुखमा आउने डण्डीफोरलाई छुने वा निचोर्ने काम नगर्नुहोस ।

– हप्ताको एक पटक डाक्टरको सल्लाह अनसार विभिन्न वस्तुले अनुहार लेपन गर्नुहोस र अनुहार मास्क लगाउनुहोस ।

– अनुहारमा अनावश्य क्रिमहरू नलगाउनुहोस ।

– अनुहारमा घाम पर्न नदिनुहोस ।

– चिल्लो खानेकुराहरू नखानुहोस । चकलेट र अन्य प्याकिङ गरिएको खानेकुराले पनि डण्डीफोर बढाउँछ ।

– प्रशस्त पानी पिउनुहोस । प्रशस्त पानी पिएको केही दिनमै तपाईको अनुहारमा फरकपन देखिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?