दैनिक केरा खाँदाका यस्ता छन् फाइदा !

जेन्सी : धेरैलाई के लाग्छ भने केरा खानाले मोटोपन बढ्छ । त्यसैले मानिसहरु केरा किन्न कम गर्छन् । तर जब तपाईले केरा सेवन गर्दा हुने फाइदाबारे बुझ्नुहुन्छ । त्यसपछि फेरि केरा खान थाल्नुहुन्छ ।

मोटोपन केरा मात्रै नभएर तपाईले लिने अन्य खानेकुरा र शरीरको मेटाबाँलिज्ममा पनि भर पर्छ । दैनिक एउटा केरा खाँदा तपाईको स्वास्थ्यलाई धेरै फाइदाहरु हुन्छन् ।

१ केरामा भरपुर मात्रा फाइबर हुन्छ । यसले तपाईको पाचन शक्तिलाई बलियो बनाउँछ । तपाईले दैनिक रुपमा एउटा कुरा खानुभयो भने तपाईको पाचन प्रणाली राम्रो हुन्छ ।

२ हाम्रो शरीरमा भिटामिन बी ६ को आवश्यकता हुन्छ । जसका कारण हेमोग्लोबिन र इनसुलिन निर्माण हुन सकोस् । केरामा पर्याप्तमा मात्रामा भिटामिन बी ६ हुन्छ ।

३ अनुसन्धानहरुले के देखाएका छन् भने ब्लड प्रेशरका रोगीहरुका लागि केरा धेरै राम्रो हो । अझै हाई ब्लड प्रेसर भएकाहरुको ब्लड प्रेशर कन्ट्रोल गर्न यसले धेरै मद्दत गर्छ ।

४ केरामा आइरनको मात्रा धेरै हुन्छ । त्यसैले दैनिक एउटा केरा खानाले एनीमियाको खतराब कम हुन्छ ।

५ अनुसन्धानबाट के प्रमाणित भएको छ भने केराले भोक नियन्त्रण गर्छ । केरा खाएपछि पेट भरिएको महसुस हुन्छ । त्यसैले पटक–पटक केही न केही खानुपर्ने बानी तपाईको छ भने केराले त्यसमा नियन्त्रण गर्छ ।

६ केरामा पर्याप्त मात्रामा म्याग्नेशियम पाइन्छ । यसले तपाईको सोच त राम्रो बनाउने छ नै तपाईलाई राम्रो निन्द्रा समेत लाग्नेछ ।

७ एसिडिटीका लागि पनि केरा धेरै फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?