यस्तो छ भारतमा कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म १४ लाख ६५ हजार ४८ जनाको मृत्यु भएको छ भने ६ करोड ३० लाख ६६ हजार १६८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ४ करोड ३५ लाख ४२ हजार ३८१ जना संक्रमण मुक्त, भएका छन् भने विश्वमा १ लाख ५ हजार ५४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा हालसम्म १ लाख ३७ हजार १७७ जनाको मृत्यु भएको छ भने ९४ लाख ३२ हजार ७५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८८ लाख ४६ हजार ३१३ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ४८ हजार ५८५ जनाको उपचार भईरहेको छ ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा आईतवार मात्रै ३९ हजार ३६ जनालाई संक्रमण भएको छ भने ४४४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?