यस्तो छ नेपालमा कोरोना महामारीको पछिल्लो अवस्था

काठमाडौं । थप एक हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ । पछिल्लो २४ घण्टामा आठ हजार आठ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख १२ हजार ५९० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४०४ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ९०९ सक्रिय सङ्क्रमित रहेका छन् ।

काठमाडौं उपत्यकामा ५४८ सङ्क्रमित थपिए

काठमाडौं उत्यकामा थप ५४८ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख सात हजार ५९६ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका ४२२, ललितपुरका ६१ तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

कोरोनाबाट थप २५ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या एक हजार ४७९ पुगेको मन्त्रालयले जनाएको छ । शनिवार १९ कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?