नेपाल क्लियरिङ हाउसले पायो पेमेन्ट स्विच सञ्चालनको अनुमति

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड नेशनल पेमेन्ट स्विच सञ्चालन अनुमति (एनसीएचएल) पाएको छ । नेपाल राष्ट्र बैंकले हाल एनसीएचएललाई प्रारम्भिक अनुमती प्रदान गरेको हो ।

निश्चित समयावधिमा सम्बन्धित प्राविधिक र प्रशासनिक कार्यलाई गति दिँदै एनसीएचएलले राष्ट्र बैंकबाट पेमेन्ट स्वीच सञ्चालको अन्तिम अनुमती प्राप्त गर्नेछ ।

लोकपथ डटकमसँग कुराकानी गर्दै एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेषमानसिंह प्रधानले लामो समयदेखिको प्रयास आज सफल भएको बताएका छन् । “पेमेन्ट स्वीचको कार्य अति कठिन र प्राविधिक रुपमा चुनौतीपूर्ण भएको हुँदा हामी भोलीदेखिनै यसमा कार्य तिव्रताका साथ बढाउनेछौँ । “उनले भने ।

उनले स्वीच सञ्चालनमा आएपछि नेपालको आफ्नै छुट्टै ‘पेमेन्ट कार्ड’ (भिजा, युनियन पे भनेजस्तै) हुनु पर्ने बताए। यसको साथै भारतको रु’पे’ र भारत क्यूआर जतिकै सशक्त सिस्टम बनाउनु चुनौतीपूर्ण रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?