नेपालमा कोरोना : १२ सय संक्रमित थपिँदा १४ सय संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै हाल नेपालमा १७ हजार ९ सय ९ सक्रिय संक्रमित रहेका छन् । त्यस्तै ६ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?