हेलिकप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

काठमाडौं । बागलुङबाट काठमाडौंका लागि आएको कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरेको छ ।

बागमती प्रदेशका प्रहरी प्रमुख वसन्त लामाले हेलिकप्टर चरासँग ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गरेको जानकारी दिएको बताए। लामाका अनुसार हेलिकप्टरमा सवार ६ जना शकुसल रहेका छन् ।

उनका अनुसार हेलिकप्टरमा सवार एकजनाको घुडामा सामान्य चोट लागेको छ । हेलिकप्टर ठुलो दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

थप विवरण आउँन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?