२०७७, १४ मङ्सिर आईतवार १५:०१

सेञ्चुरी बैंकको नयाँ शाखा कोहलपुरमा


प्रकाशित मिति : २०७७, १४ मङ्सिर आईतवार १५:०१

तस्वीरःगूगल

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७७ मंसिर १४ गतेबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएलगतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा सुरु गरेको हो ।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

अन्य जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस