चिनियाँ रक्षामन्त्री वेइलाई जंगी अड्डामा सम्मान

काठमाडौं । एकदिने नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् ।

आइतवार बिहान काठमाडौं आइपुगेका वेई दिउँसो जंगि अड्डा निरीक्षणका लागि पुगेका हुन् ।

भद्रकालीस्थित जंगीअड्डामा नेपाली सेनाको एक टुकडी उनलाई सम्मान गारद अर्पण गरेको थियो ।
आज बिहान वेई २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै काठमाडौं आएका थिए । उनको प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारीसमेत रहेका छन् ।

आज नै उनले प्रधानसेनापति, राष्ट्रपतिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यसअघि गत बिहीवार र शुक्रवार भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले नेपाल भ्रमण गरेका थिए । भारतीय विदेश सचिवको नेपाल भ्रमण लगत्तै वेइको नेपाल भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?