के टोपी लगाउँदा झनै बढी चायाँ पर्छ ? यसरी पाउनुहोस् मुक्ति !

काठमाडौं – चिसो दिनप्रतिदिन बढेको छ । शरीरमा बाक्लो कपडा र टाउकोमा भुवादार टोपी नलगाएसम्म चिसोले मुटु कमाउँछ । त्यसैले अधिकांशले जाडोयाममा टाउकोमा टोपी छुटाउँदैनन् । तर टोपी लगाइरहँदा टाउकोमा चिलाउने, चायाँ पर्ने, कपाल बिग्रने जस्ता समस्या पनि देखा पर्छ ।  जाडोबाट बच्न लगाइने टोपीले कपालमा झनै चायाँको समस्या निम्त्याउने भन्दै ब्युटिसियन सकभर स्कार्पले कपाल छोप्न तर टोपी नलगाउन सल्लाह दिन्छन् ।

तर टाउको शरीरको निकै संवेदनशिल भाग भएको कारण पनि चिसोबाट यसलाई बचाउनुपर्छ । तसर्थ लोकपथ डटकमले केही टिप्सहरु प्रस्तुत गरेको छ ।

कपाललाई लामो समयसम्म गुम्स्याएर राख्यो भने चायाँको समस्या झनै बढ्छ । त्यसैले  जाडोमा घाम लागेको बेला टोपी फुकाल्नुपर्छ ।

धेरैबेर टाउकोमा हेलमेटको प्रयोग गर्दा पनि टाउनकोमा पसिना आई कपाल रुखो बनाउँछ । यसप्रति सचेत हुनुपर्छ ।

चाँया हटाउने घरेलु तरिका : 

कागतीको रसः नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चिपपि हटाउन, चाँया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ ।

एलोभेरा जेलः नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् ।

दही :  कपाल र तालुमा दही राखेर करिब १ घण्टा त्यतिकै छाड्नुहोस् । स्याम्पु लगाएर राम्ररी पखाल्नुहोस् । यसलाई हप्ताको दुई पटक गर्नुहोस् ।

ब्युटिसियन विमला मगर भन्छिन्, “आफ्नो कपाल सुन्दर होस् भन्ने चाहना सबैको हुन्छ । तर दुषित हावा, व्यस्त जीवनशैली, हेरचाह पर्याप्त नगर्नु, फोहोर पानी र बढ्दो केमीकलको प्रयोगका कारण धेरैको कपाल रुखो भएको छ । अझै स्कुटरमा हिँड्ने युवतिहरुको कपाल लामो समयसम्म हेलमेटभित्रै गुटमुटाउँदा पसीनाले कपाल हेरिसाध्यै हुँदैन । परिणामस्वरुप कपाल सुक्खा हुन्छ र झर्ने समस्या पनि बढ्छ । हेर्दा पनि झुर्रर्र पर्छ । मेरो पार्लरमा आउने अधिकांश दिदीबहिनी यहि समस्या लिएर आउनुहुन्छ ।”

उनी सल्लाह दिन्छिन् , “कुनै रसायनको प्रयोगविना नै कपाल मुलायम बनाउन सकिन्छ । चाँया पर्ने, झर्ने, टुक्रिनेकपालको समस्याबाट मुक्त हुनका लागि तपाईले प्रयोग गर्नुपर्छ- प्याज।”

के हुन्छ, यसको प्रयोगले ? कसरी प्रयोग गर्ने ? 
जरा मजबुत बनाउँछ
प्याजको रस कपालमा लगाउँदा यसमा पाईंने तत्वले कपालको जरा बलियो हुन्छ, कपाल बाक्लो बनाउँछ ।

प्याजको रस सही रुपमा प्रयोग गर्दा कपाल चम्किलो र सिल्की बन्छ ।

प्याजको रसमा पाईने एन्टिब्याक्टेरियलले कपालमा चाँया कम गर्नुका साथै कपाल बाक्लो र लामो बनाउन मद्धत गर्छ । त्यसैले प्याजको रस नियमित प्रयोग गर्दा तपाईको कपाल लामो र बाक्लो हुन्छ ।

प्याजको रस बनाउने विधि

पहिले प्याजलाई ताछेर धुनुहोस् ।

छोटो-छोटो टुक्रा बनाउनुस् ।

काटिसकेपछि पिस्नुहोस् ।

यसपछि यसलाई जालीमा राखेर छान्नुहोस् ।

प्याजको रस रेडी हुन्छ ।

अब कपालमा लगाउनुहोस् ।

प्याजको रस लगाएपछि केही समय तपाईलाई चहर्याउन वा चिलाउन पनि सक्छ । तर,केही समयमै ठीक हुन्छ ।

यो क्रम दोहोर्याएमा यस्तो समस्याबाट छिट्टै मुक्ति मिल्छ ।photo:google

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?