काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपाभित्रको विवाद समाधान गर्न आफूहरुलाई बाटो खुलेको बताएका छन् ।
पार्टी बाहिर छरिएर रहेका बिचारहरु पार्टीमा भित्रिएका र बैठकहरुमा छलफल गरी त्यसलाई समाधान गर्न सकिनेमा जोड दिएका हुन् ।
शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिँदै बुझाएको प्रस्तावको प्रतिउत्तर पेश गरेका थिए । त्यसैको प्रतिक्रिया जनाउँदै गौतमले बैठकका माध्ययमबाट छलफलहरु हुने र त्यसैबाट समस्या समाधान हुनेमा जोड दिएका हुन् ।
आईतवार एक विज्ञप्ति जारी गर्दै गौतमले भनेका छन्, “पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ ।”
गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीप्रति संघिन आरोपहरु लगाउँदै सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । त्यसै अनुसार पार्टीभित्रका समस्या समाधानका लागि अध्यक्षहरुले समस्याहरु उजागर गरेको भन्दै अध्यक्षद्वयलाई धन्यवाद समेत बताएका छन् ।
त्यस्तै पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्नेमा जोड दिएका छन् ।
तर महासचिवले त्यसको व्यवस्थापनमा ध्यान पुर्याउन नसकेको आरोप नेता गौतमको रहेको छ । पार्टी कमिटिका एकजना सदस्यले बैठकको माग गरेमा बैठक बोलाउनुपर्ने तर महासचिवले उक्त कुराको चाँजोपाचो मिलाउन नसकेका कारण पार्टीभित्र अहिलेको समस्या निस्किएको समेत बताएका छन् । जारी विज्ञप्तिमा भनिएको छ, “यस्ता व्यवस्थापनसित सम्वन्धित विषयमा पनि विवेक पु¥याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।”
उपाध्यक्ष क. वामदेव गौतमको धारणा
मैले आजै दस्तावेजका विषयमा आफ्नो विचार राख्न चाहिनँ ।
वैठकका सम्बन्धमा र प्रक्रियाका सम्बन्धमा आफ्नो विचार राख्न गइरहेको छु ।
पार्टी बाहिर छरिएका हाम्रा विचारहरु आजदेखि पार्टीमा भित्रिएका छन् । चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ । किनकी, पार्टीको जीवन कमिटीका बैठकहरुमा हुन्छ र बैठकहरुको जीवन छलफलमा हुन्छ । यस्तो गर्न छोडेको दिनदेखि नै पार्टी जीवन समाप्त हुन्छ । बैठक वस्न छलफल गर्न शुरु गर्दा साथ पार्टीको पुनर्जीवन शुरु भइहाल्छ । यो वैठक वस्ने वातावरण बनाउन जो–जसले मिहेनत गर्नुभयो उहाँहरुलाई धन्यवाद छ । बैठकमा आफूलाई लागेको कुरा खुला–खुलस्त, बिनालप्पन–छप्पन, मौखिक–लिखित रुपमा विचार राख्नु हुने दुवै अध्यक्षलाई म हार्दिक धन्यवाद दिन्छु ।
बैठक बस्दा दुबै अध्यक्षको सहमति हुनुपर्छ भन्नुको अर्थ बैठक वस्न नदिने गरी विचार राख्न र अवरोध गर्न कुनै पनि अध्यक्षले पाइन्नँ । पार्टी विधानमा आवश्यकताबमोजिम बैठक बस्ने भन्ने व्यवस्था भएका कमिटीहरुका एकजना सदस्यले औचित्य पुष्टि हुने गरी वैठक वस्न माग गरेमा मात्र पनि महासचिवले अध्यक्षसँंग परामर्श गरी बैठक बोलाउनुपर्छ । यस्ता व्यवस्थापनसित सबवन्धित विषयमा पनि विवेक पु-याउन नसक्नेलाई के भन्नु ? यत्ति व्यवस्था मिलाउन नसक्दा पार्टीमा यति ठूलो समस्या पैदा भयो । बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्न ।
विश्वमणि सुवेदी
क. वामदेव गौतमको प्रेस संयोजक
मिति– २०७७।०८।१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया