सुनको मूल्यमा फेरि गिरावट, यस्तो छ बजार भाउ

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य आइतबार तोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुन आइतबार घटेर ९० हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै तेजावी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी शुक्रबार तोलामा १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर आइतबार तोलाको १ हजार १ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?