चिनियाँ रक्षामन्त्री वेई फेङहे आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ रक्षामन्त्री वेई फेङहे आज नेपाल आउँदैछन् । फेङहे एकदिने नेपाल भ्रमणका लागि आउन लागेका हुन् ।

चीनका राष्ट्रपति शी जिनपिङको भ्रमणपछि हुन लागेको यो अर्को उच्चस्तरीयको भ्रमण हो । उनी आजै बेलुका स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधान सेनापति पूर्णचन्द्र थापालगायतसँग भेटवार्ता गर्ने भएका जनाइएको छ ।

उनको वर्तमान परिस्थितिमा सुरक्षा, रक्षा र सैन्यदेखि द्विपक्षीय सैनिक सहयोग एजेन्डामा उच्च प्राथमिकतामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?