काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण हालसम्म १४ लाख ५८ हजार १०३ जनाको मृत्यु भएको छ भने ६ करोड २५ लाख ६३ हजार १८४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड ३१ लाख ८८ हजार ४८४ जना संक्रमण मुक्त, भएका छन् भने विश्वमा १ लाख ५ हजार २३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा हालसम्म २ लाख ७२ हजार २५४ जनाको मृत्यु भएको छ भने १ करोड ३६ लाख १० हजार ३५७ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ८० लाख ४१ हजार २३९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५२ लाख ९६ हजार ८६४ जना उपचाररत छन् ।
त्यस्तै अमेरिकामा हाल २४ हजार ६४७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको टेक्सासमा हालसम्म २१ हजार ९१८ जनाको मृत्यु भएको छ भने १२ लाख ४१ हजार ९३४ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा १२ लाख १ हजार ७८४ जनालाई संक्रमण भएको छ भने १९ हजार १३१ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा १८ हजार ४४२ जनाको मृत्यु भएको छ भने ९ लाख ८५ हजार २९७ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शनिवार मात्रै १ लाख ४३ हजार ३७३ जनालाई संक्रमण भएको छ भने १ हजार २१६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया