काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म १४ लाख ५८ हजार १०३ जनाको मृत्यु भएको छ भने ६ करोड २५ लाख ६३ हजार १८४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड ३१ लाख ८८ हजार ४८४ जना संक्रमण मुक्त, भएका छन् भने विश्वमा १ लाख ५ हजार २३८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा हालसम्म १ लाख ३६ हजार ७०५ जनाको मृत्यु भएको छ भने ९३ लाख ९० हजार ७९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८७ लाख ९९ हजार २४९ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख ५४ हजार ८३७ जनाको उपचार भईरहेको छ ।
त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शनिवार मात्रै ३९ हजार ५६७ जनालाई संक्रमण भएको छ भने ४६७ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया