नयाँ सुरक्षा नीतिको तयारी

सरकारले मुुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको सुरक्षामा नयाँ नीति अपनाउने भएको छ ।

सिंहदरबारभित्र मानिसको प्रवेश र सुरक्षा व्यवस्थालाई थप व्यवस्थित गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकलीन योजनासहित ‘सिंहदरबार परिसर एकीकृत सुरक्षा कार्ययोजना, २०७७’ तयार पारिसकेको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

सिंहदरबारमा दैनिक १० हजारदेखि १५ हजार मानिस आवतजावत गर्छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाहेक सबै सङ्घीय सरकारका मन्त्रालय सिंहदरबार परिसरभित्रै छन् । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?