भिसा निःशुल्क गर्न अमेरिकी दबाब

काठमाडौंको रविभवनस्थित लिंकन स्कुलमा कार्यरत विदेशी शिक्षक/कर्मचारी र उनीहरूका परिवारको भिसा दस्तुर निःशुल्क गर्न नेपालस्थित अमेरिकी दूतावासले दबाब दिएको छ ।

स्कुलमा कार्यरत करिब ६० जना अमेरिकी नागरिकलाई निःशुल्क भिसा नवीकरण गरिदिन दूतावासका अधिकारीले अध्यागमन विभागमै पुगेर दबाब दिएका हुन् ।

लिंकन अमेरिकी पाठ्यक्रमअनुसार सन् १९५४ देखि काठमाडौंमा सञ्चालित विदेशी शैक्षिक संस्था हो । गैरपर्यटक भिसा शुल्कबापत एक जनाले प्रतिमहिना ७५ अमेरिकी डलरसम्म तिर्नुपर्छ तर लिंकन स्कुलमा कार्यरत विदेशीले यो शुल्क विगतदेखि नै तिरेका छैनन् । कान्तिपुरमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?